१ भाद्र २०७९, बुधबार
पेट्रोलियम पदार्थ

पेट्रोलमा २० र डिजेलमा लिटरमै २९ रुपैयाँ घट्यो

प्रकाशित मिति :  ११ असार २०७९, शनिबार १३:०४


११ असार, काठमाडौं । सत्ता गठबन्धनको निर्णयअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपुर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए ।

उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए ।

अब पेट्रोल एक लिटरको १७९ र डिजेल १६३ रुपैयाँ पुगेको छ। कुनमा कति शिर्षक कति कर घटाइएको भन्नेमा मन्त्री बडुले बताएनन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो । सरकारले पेट्रोलियम पदार्थमा लागू गर्दै आएको कर कटौती  गर्दा सर्वसाधारणलाई भने राहत मिलेकाे छ ।


520
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा