१ भाद्र २०७९, बुधबार
राजनीति
राजनीति

नेकपा एसका ६ सांसदको माधव नेपालसँग सुलह

प्रकाशित मिति :  ११ असार २०७९, शनिबार १५:१०


११ असार, काठमाडौं । मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज शनिबार संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् ।

पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि हस्ताक्षर फिर्ता लिएसँगै नेकपा एसका ६ सांसद नेपालसँग सुलह गरेको पुष्टि भएको छ । तर उनीहरुबीच के के बिषयमा लेनदेन भयो र नेपालले उनीहरुलाई के के आश्वासन दिए भन्ने बारे भने खुलाइएको छैन । मन्त्री पद जाने भएपछि संसदीय दलको बैठक बोलाउन माग गर्दै नेपालविरुद्ध विद्रोहमा उत्रिएका १० सांसद मध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएपनि बाँकी ४ जनाले भने अहिलेसम्म हस्ताक्षर फिर्ता लिएका छैनन ।

हस्ताक्षर फिर्ता नलिनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद निरा जैरू रहेका छन् ।

हस्ताक्षर फिर्ता लिनेमा सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले भने हस्ताक्षर फिर्ता गरेका छन्। पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने विषयमा वहालवाला मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए ।


520
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा