रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोना खोप
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १६:३९:३४
♦ मोहम्मद हबिब
१२ असार, भैरहवा । रुपन्देही नेपालकै सबैभन्दा बढी कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित समूहले कोभिड विरुद्धको पहिलो खोप र ८५ प्रतिशत नागरिकले पूर्ण खोप लिए पनि रुपन्देहीमा यो तथ्यांक शतप्रतिशतभन्दा बढी छ ।
हालसम्म १२ वर्षभन्दा माथिका नागरिकहरुलाई कोभिड खोप दिएकोमा रुपन्देहीमा लक्षित समूहको १०२ प्रतिशतले पहिलो र १०५ प्रतिशत अर्थात ८ लाख ४२ हजारले पूर्ण खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।
रुपन्देहीमा ८ लाख ३५ हजार ७९० जना १२ वर्षमाथिका लक्षित समूह थिए । अन्य जिल्लाबाट काम गर्न आउन, सुरक्षाकर्मी, तथा बसाइ गरिरहेका नागरिकले पनि रुपन्देहीबाट खोप लिएकोले लक्षितभन्दा बढी प्रतिशत देखिएको हो । अन्य जिल्लामा पहिलो डोज खोप लगाएका तथा अन्य जिल्लाबाट बसाइसराइ गरी आएकाहरुले समेत दोस्रो डोजको खोप लगाएको कारण यहाँ मात्रा बढेको शर्माको भनाइ छ ।
पूर्ण खोप लिएकामध्ये तीन लाखले बुस्टर खोपसमेत लिइसकेको कार्यालयले जानकारी दिएको छ । चैतबाट सुरु भएको बुस्टर खोप उक मात्रा लगाइने गरिएकोमा १८ वर्षमाथिका ७ लाखमध्ये सो संख्यामा उक्त खोप लिएका छन् ।
नेपालको १३ जिल्लामा खोप लगाउनेको संख्या ७० प्रतिशत भन्दा कम रहेकोमा सो सूचिका लुम्बिनी प्रदेशको एक जिल्ला मात्रै परेको छ । समग्रमा प्रदेशको खोप लिनेको संख्या सन्तोष जनक भए पनि बाँकेमा मात्र ६८ प्रतिशतले पूर्ण खोप लिएका छन् । रुपन्देहीमा भने लक्ष्यभन्दा बढीले खोप लिएका छन् । पहिलो मात्रा लिने र दोस्रो मात्रा लिनेको संख्यामा कमि आए पनि लक्षित समूहभन्दा बढीले खोप लिइसकेका खोप अधिकृत शर्माले जानकारी दिए ।
रुपन्देही पूर्ण खोप जिल्लाको पंक्तिमा छ । १६ पालिका रहेको रुपन्देहीमा सात पालिका पूर्ण खोप घोषणा भइसकेको छ भने अन्य पालिकाहरु पूर्ण खोप लिई घोषणाको प्रक्रियामा छन् । रुपन्देहीको सैनामैना, तिलोत्तमा, मर्चवारी, ओमसतिया, रोहिणी, सियारी सुद्धोधनले पूर्ण खोप घोषणा गरिसकेको खोप अधिकृत शर्माले भने ।
हालसम्म १२ वर्षभन्दा बढीका नागरिकलाई खोप लगाइएकोमा, शनिबारबाट रुपन्देहीमा ५ देखि ११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु भएको छ । दुई चरणमा लगाइने गरी जर्मन बायोटेक्नोलोजी कम्पनी को बायोटेकले अमेरीकी कम्पनी फाइजरको खोप हो ।
९१ प्रतिशत बढी खोपको प्रभावकारिता रहेको फाइजर बायोएनटेक खोप सबैभन्दा सुरक्षित छ । रुपन्देहीमा १० लाख ८७ हजार कुल जनसंख्या रहेकोमा ५ देखी ११ वर्ष उमेर समूहका एक लाख ४४ हजार ८५५ जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार