मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १८:१६:१६
१२ असार, डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् ।
उक्त आयोजनाको शनिबार एक कार्यक्रमबीच उनले शिलान्यास गरेका हुन् । क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजनाअन्तर्गत रु नौं करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा घरबास, झरनास्थलमा शिवको मूर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्ट लगायतका पूर्वाधार एकीकृत रुपमा निर्माण गरिने बताइएको छ ।
उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री आलेले स्थानीय जनताले आफ्नो ठाउँ कस्तो बनाउने भनेर चासो र चिन्ता लिन आग्रह गर्दै बजेट व्यवस्था गर्ने जिम्मेवारी आफ्नो रहने प्रतिबद्धता व्यक्त गरे ।
छिटफुट रुपमा पर्यटकको रोजाइँ र गन्तव्य बनेको भए पनि कोरोना कहरले थलिएको समयमा गत वर्ष मात्रै छहरा झरनामा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए ।
धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न विशेष गरेर कैलाली, कञ्चनपुरसहित पूर्वी नेपालका जिल्ला र छिमेकीमूलुक भारतबाट समेत पर्यटक आउने गरेका स्थानीयवासी शङ्कर रावलले जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेको पहलमा यहाँको बडिकेदार, शैलेश्वरीलगायत खप्तड–मानसरोवरसम्मको विकासका लागि र देशका थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रमा मन्त्री आलेको ठूलो योगदान रहेको पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए ।
आयोजना शिलान्यास कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउपालिका–२ का वडाध्यक्ष वीरबहादुर दर्लामी, विभिन्न सरोकारवाला, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार