विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २१:२७:४३
१२ असार, काठमाडौं । रोल्पा, रसुवा र चितवनमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रोल्पाको रोल्पा नगरपालिका–२ धैरे पोखरास्थित जंगलको ओढारमा सोही नगरपालिका–९ घर भएका ६३ वर्षीय हर्क वहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे घट्टेखोलास्थित होटलको कोठामा सिन्धुली हरिहरपुर गाउँपालिका–३ घर भएका ४२ वर्षीय सोम कुमार श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
टिमुरेस्थित निर्माणाधिन रसुवागढी हाईड्रो पावरमा जेनेरेटर फिट गर्नको लागि आई उक्त होटलमा बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
चितवनको भरतपुर महानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय विनोद घिमिरे नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित नारायणी नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
गत बिहीबारबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो । घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार