आँबुखैरेनीकाे बजेट : एक वडा एक स्वास्थ्यचौकी
नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार १६:३८:४९
१३ असार, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९/८० देखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा आकस्मिक, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी र फार्मेसीलगायतका सेवा प्रदान गरिनेछ ।
हाल स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरलगायतका सेवा प्रवाह भइरहेको छ । गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवतीलाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिइनेछ । “अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौँ”, उनले भने ।
गाउँपालिकाले एक वडा : एक स्वास्थ्यचौकीको निर्माण कार्य सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाउनेछ । यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने अध्यक्ष चुमानले बताए ।
गाउँपालिकाले क्यान्सर बिरामीलाई एक पटकका लागि रु ५० हजार नगद सहयोग गर्ने नीति पारित गरेको छ । गाउँपालिकाले निजी, विभिन्न समूह र सङ्घसंस्थाको सहयोगमा वृहत उपचार तथा कोषको स्थापना गरिने उनले बताए । “निश्चित कार्यविधि बनाई जटिल रोगको उपचार तथा विपद् तथा जोखिममा परेका पालिकाभित्रका व्यवसायी, व्यापारी तथा नागरिकको उद्धार तथा राहत कार्य अगाडि बढाउँछौँ”, उनले भने।
सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी विपन्न परिवारमा पोषिलो खानाको व्यवस्था मिलाउने गाउँपालिकाले जनाएको छ । ग्रामीण भेगका वडामा टेलिमेडिसिन विधिबाट विशेषज्ञ सेवा विस्तार गरिने अध्यक्ष चुमानले जानकारी दिए ।
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मोबाइल एप्लिकेशन बनाई तथ्याङ्क राखिने जनाइएको छ । घुम्ती शिविरको माध्यमबाट प्रत्येक महिना एकचोटी गाउँ टोलमा नै गइ आधारभूत स्वास्थ्य जाँचको रिपोर्ट कार्ड बनाइने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार