१ भाद्र २०७९, बुधबार
राजीनामा नदिने अडान

एमालेलाई बजेट अनैतिक लाग्यो भन्दैमा मैले राजीनामा दिनुपर्छ भन्ने छैन्ः अर्थमन्त्री

प्रकाशित मिति :  १३ असार २०७९, सोमबार १५:५०


१३ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करका दर हेरफेरका विषयमा आफु जवाफदेही भएकाले कसैले भन्दैमा वा केहीलाई अनैतिक लाग्दैमा आफुले राजीनामा नदिने बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको बताएका छन् ।

बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन भन्दै उनले बजेट जनता र देशको पक्षमा ल्याएका कारण राजीनामा नदिने बताए ।

करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको बताए । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे ।
शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको जवाफ दिए । बजेट बढाउँदा देश र जनतालाई हित गर्याे कि गरेन, उद्योगलाई कस्तो असर पर्यो भन्ने मुख्य भएको दावी गरे ।

सबै वर्गको सुझावका आधारमा बजेट प्रस्तुत गरिएको उनको दावी छ । कसैले राजीनामा माग्दैमा आफूले नदिने उनले बताए । अर्थमन्त्री शर्माले भने ‘बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यहीं गर्नुपर्छ भन्ने होइन । सही र गलत भोलि इतिहासले पुष्टि गर्नेछ, मैले गरेका निर्णयप्रति म जवाफदेही छु ।’

चालु आर्थिक वर्षमा हालसम्म ३ खर्ब ५८ अर्बको खाद्यान्न आयात भएको बताउँदै उनले यसलाई प्रतिस्थापन गर्नेगरी बजेटमा विभिन्न उद्योगका लागि कच्चा पदार्थमा छुट दिइएको बताए । बिजुली गाडीका सन्दर्भमा उनले महँगा गाडीमा सञ्चिति डलर बढी जाने भएकाले केही कर बढाइएको बताए ।

सरकारी निकायबाट पेट्रोलियम गाडी नकिन्ने, विद्युतीय मात्रै किन्ने भन्ने विषय पनि बजेटमा उठाइएका बिजुली गाडीलाई प्रोत्साहन गर्न खोजिएको उनले बताए । सेनेटरी प्याडका सन्दर्भमा महिलाको स्वास्थ्यमा ध्यान दिएर सहजीकरण गर्न खोजिएको उनले बताए ।


377
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा