क्लिनिक वानद्वारा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी निः शुल्क शिविर
नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार २३:९:३१
१३ असार, ललितपुर । जवालाखेलस्थित क्लिनिक वानले एकदिने पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पुरुष प्रजनन स्वास्थ्य समस्या समाजमा व्याप्त हुँदा पनि यसका लागि परामर्श लिन जाने पुरुषको संख्या निकै कम भएकोले यस समस्यालाई सम्बोधन गर्न तथा जुन महिनालाई ुपुरुष स्वास्थ्य महिनाुको रूपमा मनाउन क्लिनिक वान जाउलाखेलमा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ ।
स्वास्थ्य शिविरमा नेपालकै पहिलो पुरुष प्रजनन स्वास्थ्य (एन्ड्रोलोजीमा पी.एच.डी) गरेका डा. गौरव पोख्रेलले स्वास्थ्य जाँच गरेका थिए । डा. गौरव पोख्रेलले नेपालमा बाझोपन सम्बन्धी समस्या भएका धेरै व्यक्तिहरूलाई कुन डाक्टरसँग परामर्श लिने भन्नेबारे जानकारी नभएको बताए ।
शिविरमा आएका बाझोपन सम्बन्धी समस्या भएका बिरामीहरूले मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिने गरेको उनले बताए । साथै शिविरमा आएका नवयुवाहरूलाई शीघ्र स्खलन तथा धेरै हस्तमैथुन गर्दा हुँदा नपुंसकता हुन्छ कि रु भन्ने जस्ता जिज्ञासा भएको उनले बताए ।
त्यस्तै उनले स्वास्थ्य शिविरमा आएका धेरै व्यक्तिहरूलाई आफूलाई नपुंसकता रहेकोरनरहेको डर भएको बताएको जानकारी दिए । ुनेपालमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी छ, त्यसैले भविष्यमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न आवश्यक छु, डा। गौरव पोख्रेलले भने ।
आयोजक क्लिनिक वानका सीईओ रघु रानाले समाजमा अझै पनि पुरुष प्रजनन स्वास्थ्यको बारेमा खुला रूपमा कुरा नगर्ने र पुरुष प्रजनन स्वास्थ्यकोबारेमा खुलेर कुरा गर्न प्रोत्साहन गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार