१ भाद्र २०७९, बुधबार
सुदूरपश्चिम प्रदेश

चालकलाई कुटपिट गरी कार लिएर भाग्नेलाई प्रहरीले समात्याे

प्रकाशित मिति :  १३ असार २०७९, सोमबार १८:१७


१३ असार, कैलाली । कैलाली प्रहरीले चालकलाई कुटपिट गरि कार लिएर ३ जना बेपत्ता भएको जनाएको छ । यो जिल्लाको कञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीको कार हो । भण्डारी डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर हुन् ।

प्रहरीका अनुसार प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कारका चालक कञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीलाई अपरिचित तीन जनाले कुटपिट गरी कार लिएर फरार भएका हुन् ।

कञ्चनपुर भिमदत्त नगरपालिकाबाट डडेलधुरा आलितालतर्फ जाँदै गरेको उक्त कार कैलाली गोदावरी नगरपालिका-४ गाईमारेमा आईपुग्दा भिमदत्त नगरपालिकाबाटै सोही कारमा खानीडाँडासम्मको लागि लिफ्ट मागी आइरहेका ती ३ जनाले चालकलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट समेत गरी उनको मोबाइल, पर्स र कार समेत लिएर फरार भएका थिए ।

खोजी गर्ने क्रममा उक्त कार गोदावरी नगरपालिका-४ स्थित शान्तिनगर जाने भित्री सडकमा फेला परेको छ । कार लिएर फरार भएकालाई प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ स्थित भित्री सडकमा पर्ने जंगल क्षेत्रबाट पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

 


429
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा