१ भाद्र २०७९, बुधबार

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

प्रकाशित मिति :  १३ असार २०७९, सोमबार २२:३९


१३ असार, काठमाडाैं ।  कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवाविस्तार गर्ने क्रममा सोमबारबाट कपिलवस्त जिल्लाको बुद्धभुमीन.पा. वडा नं. ०१ को पथरकोटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बुद्धभुमीन.पा. वडा नं.०१ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स्-प्रो. इन्द्र मणि बेलबासे-लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा नं. ०१ का वडा अध्यक्ष तिलकबहादुर बस्नेतले उक्तशाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । कार्यक्रममा व्यवसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा