एनआई सी एशिया बैंकको क्यूआर कोड वितरण अभियान, प्रदेश १ का प्रमुख शहरमा वितरण गरिदैं
नेपालबहस संवाददाता
असार १३, २०७९ मंगलबार ४:४७:२
१३ असार, काठमाडाैं । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवातथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एनआई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागिप्रदेश १ स्थितमोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामाक्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले उक्त ठाउँमा४०० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा क्यूआर कोड वितरण गरेको हो ।
बैंकले एक कार्यक्रमकाबीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका ४००भन्दा वढि इ–रिक्सा सदस्यहरुलाई उक्तक्यूआर भुक्तानी सेवा वितरण गर्नुभएको हो । यसरी क्यूआर कोड सेवालिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोलेका निज ग्राहकहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्तरु. १० लाख रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।
‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्य लाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ ।क्यूआर वितरण कार्यक्रममा बोल्दै विराटनगर उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराईले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताए ।
बैंकले थालेको क्यूआर कोड वितरण अभियानले विराटनगर क्षेत्रमा रहेका यातायात सेवाहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा कमको जोहो गर्न नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवाप्रदायकलाई खुद्रा रकमको झन्झटबाट समेत मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउदै देशका हरेक क्षेत्रमा बढी भन्दा बढी क्यूआर भुक्तानी सेवा वितरण गर्ने अभिलाषा लिइरहेकोमा प्रदेश १ का विरटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा२५०० वटा भन्दा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिरहेको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमाकरिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार