खातीबिरुद्धको रिटमा आज सुनुवाइ, थोकरको उजुरीमा पूर्वमहान्यायाधिवक्ता खरेलको खेल

केदार भट्टराई (काका)
असार १६, २०७९ बिहिबार १४:५१:१५

१६ असार, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध दिएको रिटमाथि आज बिहीबार सुनुवाइ गर्दैछ । उजुरीमाथि सुनुवाइ हुनुपूर्व नै खाती बिरुद्धको उजुरी पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलको दवावमा सर्वोच्च पुगेको बताइएको छ ।
नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफुलाई दवाव आएको बताउँदै आएकी थोकरलाई हेटौंडास्थित वाग्मती न्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएपछि महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
थोकर तत्कालीन केपी ओली सरकारको समयमा महान्यायाधिवक्ता रहेका खरेलको स्वकीय सचिव भएको र खरेको दवावमा उनले खतिबिरुद्ध सर्वोच्च उजुरी दिएको विषय उजागर भएपछि यसमा थप कनेक्सनका रहस्यहरु खुल्न थालेका छन् ।
खरेलसँग कनेक्सन भएकाले उनले केही मुद्दामा अस्वभाविक निर्णय गरेको गुनासो अदालत र सेवाग्राहीबाट महान्यायाधिवक्ता कार्यालयमा पहिलेदेखि नै आएको पाइएको छ । अहिले पनि खरेलले थोकरको सरुवामा अस्वभाविक चासो देखाएका छन् ।
थोकरलाई असार २ गते ललिलतपुरबाट हेटौंडा सरुवा गरिएको थियो । नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफूले नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले नियम विपरीत सरुवा गरेको थोकरले बताउँदै आएकी छन् ।
थोकरले दिएको असार ९ को निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । त्यसपछि सुनवाइ हुनुपर्ने माग गर्दै थोकरले पुनः निवदेन दिएकी थिइन् । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजालसले आदेश दिएपछि थोकरले बुधबार मुद्दा दायर गरेकी हुन् ।
थोकरको उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको हो ।
व्यापारी सुशील चटौतले घरमा काम गर्ने एक १३ वर्षे बालिकालाई ३ वर्षदेखि बलात्कार गर्दै आएको मुद्दामा अभियोजन कमजोर बनाउन महान्यायाधिवक्ताको सचिवालयमा कार्यरत दुई कर्मचारीले दवाव दिएको थोकरले बताउँदै आएपनि उनीहरुको नाम खुलेको छैन् । बलात्कार मुद्दाका आरोपी चटौत हिरासतमै छन् ।
बालिका बलात्कार मुद्दा कमजोर बनाउन दिएको दबाब नमान्दा आफ्नो सरुवा गरिएको आरोप लगाउने जिल्ला सरकारी वकिल कार्यालय ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरको ’कनेक्सन’ पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलसँग देखिएपछि यो मुद्दा राजनीतिक घेराभित्र प्रवेश गरेको छ ।
महान्यायाधिवक्ताको कार्यलयले भने केही मुद्दाहरु फिर्ता गएको विषयमा थोकरमाथि पहिलेदेखि नै धेरै गुनासाहरु आइरहेको बताएको छ । उनले जबर्जस्ती करणीको दफा उल्लेख गरेर मुद्दा चलाई अभियुक्त पुर्पक्षका लागि थुनामा रहेको भन्दै आवश्यक मागदाबी पनि भइसकेकाले कमजोर बनाउने कुनै अवस्था नरहेको जिकिर उक्त कार्यलयको छ ।
केही मुद्दामा विवादास्पद् निर्णय गरेको भन्दै थोकरलाई यसअघि महान्यायाधिवक्ताको कार्यालयले स्पष्टीकरणसमेत सोधेको थियो । अहिले उनलाई हेटौंडास्थित मुख्य न्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ । उनको सरुवालाई पूर्वमहान्यायाधिवक्ता खरेलले बढी चासो दिएकाले पनि यसमा थप विवाद आउने देखिएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपप्रचण्डको भारत भ्रमणः प्राथमिकतामा छैन सीमा विवाद
जेठ १३, २०८० शनिबार
भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
जेठ १३, २०८० शनिबार
अदालतबाट छुटे पनि सम्पत्ति शुद्धीकरणमा पक्राउ पर्न सक्ने
जेठ ११, २०८० बिहिबार
यही हो बजेटबाट अर्थमन्त्रीले अकुत पैसा कमाउने समय !
केदार भट्टराई (काका)
जेठ १२, २०८० शुक्रबार
नक्कली शरणार्थी प्रकरणमा बहस गर्न हच्किए वरिष्ठ कानून व्यवसायीहरु
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार
गुप्तचर विभागका हाकिमको अमेरिका भ्रमण निराशाजनकः आइतबार हाजिर हुने
जेठ १३, २०८० शनिबार
जलहरी विवादमा सहमति, एमालेले संसद अवरुद्ध नगर्ने
जेठ १३, २०८० शनिबार
भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
जेठ १३, २०८० शनिबार
'एनाटोमी अफ ए फल'लाई पाल्मे डी ओर अवार्ड
जेठ १४, २०८० आइतबार
भारत भ्रमणबारे प्रधानमन्त्रीको चरणबद्ध छलफल
जेठ १४, २०८० आइतबार
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा
जेठ १४, २०८० आइतबार
उज्यालो प्रदेशको अँध्यारो गाउँमा कहिले बल्छ बत्ती
जेठ १४, २०८० आइतबार
पर्सा स्ट्राइकरले जित्यो वीरगञ्ज सुपर लिगको उपाधी
जेठ १४, २०८० आइतबार
गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु
जेठ १४, २०८० आइतबार