१ भाद्र २०७९, बुधबार
राजनीति

बामदेवले पार्टी खोलेपछि ओलीले बोलाए बालकोट, बाम चुनावी मोर्चाबारे छलफल

प्रकाशित मिति :  १६ असार २०७९, बिहीबार १२:१९


१६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेब गौतमले बालकोट पुगेर ओलीसँग छलफल गरेका छन् । गौतमले पार्टी खोल्नुअघि पटक पटक समय माग्दा पनि ओलीले भेट दिएका थिएनन् ।

अध्यक्ष ओलीले आउन भनेपछि उनलाई भेट्न गौतम बिहीबार बिहानै बालकोटस्थित ओली निवास गएका थिए । भेटमा मिलेर आगामी चुनावमा जानुपर्ने विषयमा छलफल भएको बताएको छ । आगामी निर्वाचनमा वाम तालमेलका विषयमा पनि दुई नेताले छलफल गरेका छन् ।

गौतमको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयासका विषयमा छलफल भएको छ ।

वाम तालमेलबारे ओलीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन् ।

उनीहरुबीच तत्कालिन नेकपाको सरकार रहँदा पार्टीमा शीर्ष नेताबीच सहमति हुननसक्नु नेपालमा कम्युनिष्ट आन्दोलनका लागि दुर्भाग्य भएको विषयमा पनि केहिबेर कुराकानी भएको थियो । सुरमा गौतमलाई बधाइसहित केही रमाइलो गरेपछि ओली विषयबस्तुमा प्रवेश गरेका थिए ।

 


2.08k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा