महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार १८:४:२१
१६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ ‘साफ’ को कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने बताएका छन् ।
साफको साधारणसभा २ जुलाईमा बंगलादेशको ढाकामा हुँदै छ । महासचिव राईले साफ आयोजनाका लागि प्रस्ताव राख्ने र मितिसमेत तोक्ने बताए ।
‘अघिल्लो संस्करणसमेत हामीले नै आयोजन गरेका थियौ । यो पटकसमेत साफ नेपालमा आयोजना गर्न प्रस्ताव गर्ने निर्णय भएको छ । हामी नेपालमै ल्याउन प्रयास गर्नेछौं,’ राईले भने । यसअघि साफको पाँचौ संस्करण विराटनगरमा आयोजना भएको थियो । उपाधि भने भारतले जितेको थियो ।
साफको साधारणसभामा सहभागी हुन महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दैछन् ।
६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी निवर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भएसँगै जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फा निर्णय गरेको थियो ।
यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो । राईले यस विषयमा समेत बैठकबाट नै निर्णय हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार