राहुल द्रविड भन्छन् :- कोहलीबाट शतक चाहिँदैन
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार १९:५१:७
१६ असार, एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले करिब एक वर्षयता शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटको तीनै फर्म्याट ‘टी -२०, एकदिवसीय र टेस्ट’ मा आफ्नो व्याटबाट शतक प्राप्त गर्न सकेका छैनन् ।
जसकारण कोहली अहिले निकै विवादित र आलोचित पनि । कसैले कोहलीलाई साथ दिएका छन् भने कसैले आलोचना गरेका छन् । यस्तोमा टिम भारतका मुख्य प्रशिक्षक राहुल द्रविडले भने कोहलीको समर्थन जनाएका छन् ।
द्रविडले समर्थनलाई जवाफ दिँदै कोहलीबाट शतक आवश्यक नभएको बताएका छन् । उनले शतकभन्दा पनि टोलीको जित पहिला प्राथमिकता भएको जनाएका छन् । राहुलले भनेका छन्, ‘म त्यो कुरामा सहमत छैन । कोहली ३० वर्षमै गलत लयमा छन् । मैले अहिलेसम्म जति देखे सबैभन्दा मेहनती व्यक्ति नै कोहली हो । अभ्यासमा उनले जसरी खेलिरहेका छन् । त्यसमा उनी सही लयमा छन् ।’
‘मान्छे शतकको नै सफलता मान्छन् । तर हामी जित चाहन्छौं । विराट कोहली ड्रेसिङ रुममा हुन्छन् त कसैको लागि प्रेरित बन्दछन्,’ द्रविडले कोहलीको पक्षमा बोल्दै भनेका छन् ।
कोहलीले सन् २०१९ यता तीनै फर्म्याटमा शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले पछिल्लो समय कोलकात्तामा बंगलादेशविरुद्ध भएको दिवा रात्री टेस्ट क्रिकेटमा शतक प्रहार गरेका थिए । हाल भने भारतले इंग्ल्यान्डसँग तीनै फर्म्याटमा शृंखला खेल्दैछ । जसका लागि भारतले रोहित शर्माको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार