विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार २०:४:६
१६ असार, काठमाडौं । सुर्खेत र मकवानपुरमा अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका–१० घर भएका २० वर्षीय दिनेश शाही छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट करिब १५ केजी गाँजा सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा ईन्द्र बहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकल बहादुरक साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार