विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा भेटिए
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार २०:१०:३४
१६ असार, काठमाडौं । पर्सा, बझाङ, कञ्चनपुर, प्युठान र मकवानपुरमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने श्याम बाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा गुप्ताको बुधबार शव फेला परेको छ ।
सोही ठाउँस्थित छप्कैयाघाटमा छोरीको हत्या गरी शव जलाई रहेको भन्ने खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त घाटमा चिता जलिरहेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले अनुसन्धानका लागि महिमाको परिवारका ३ जना सदस्यलाई नियन्त्रणमा लिएको छ भने हाल फेला नपरेका श्याम बाबु समेत २ जनाको खोजी गरिरहेको छ ।
बझाङको जयपृथ्वी नगरपालिका–७ धम्नाउबाट चुलिटीका जाने बाटोमा धम्नाउ बस्ने ५८ वर्षीय जोगगिरी बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–९ खल्लास्थित महाकाली नदीको किनारमा हाल पहिचान नखुलेकी १९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
प्युठानको प्युठान नगरपालिका–७ झिमरुक खोलाको बगरमा हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोलामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
मुगुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार