प्रत्येक वडामा सामुदायिक नर्सिङ
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार २१:२८:१९
♦शरद् शर्मा
१६ असार, काठमाडौं । सरकारले सबैलाई स्वास्थ्य सेवा पु-याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति ९२०७७/०७८ देखि २०८७/८८० सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो ।
रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
नेपालमा ७५३ स्थानीय तहका छ हजार ७४३ वडा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो ।
रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ ।
स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पु-याउनुपर्नेमा जोड दिए । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु-याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारकोे स्वास्थ्य सेवा पु-याउन राज्यले नसकेको समेत बताए ।
“अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्” मन्त्री खापुङले भने,“ देशभर समतामूलक सेवा पु¥याउन आवश्यक छ भएको र रणनीतिले लिएको लक्ष्यअनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ । ”
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने बताए । उनले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीतिअनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी क्षेत्रमा जानै पर्नेमा जोड दिए ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रणनीति कार्यन्वयन गर्न सके मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सकिने बताउनुभयो । उनले रणनीतिले निजी स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको बताए ।
“धेरै नर्सिङ निजी स्वास्थ्य संस्थामा काम गरिरहेका छन्” प्रमुख विषेशज्ञ यादवले भने, “निजी क्षेत्रको पनि अनुगमन गर्ने गरी रणनीति ल्याउनुपर्दछ ।”
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाले गुणस्तरीय नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति परिचालन गरी स्वास्थ्य सेवाको गुणस्तर र व्यवसायीकताको प्रवद्र्धन गर्नका लागि रणनीति ल्याइएको बताए ।
महाशाखाका अस्पताल नर्सिङ प्रशासकवाला राईले स्वास्थ्य सेवाको गुणस्तर, सबैका पहुँच पु-याउनका लागि रणनीति ल्याइएको बताए ।
नर्सिङलाई विशिष्टिकृत सेवा
यस्तै नर्सिङ सेवालाई विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवको रुपमा विकास गरिने उल्लेख गरिएको छ । “ विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्यलाई स्वास्थ्य सेवामा अभिवृद्धि गर्न विशेषज्ञ तथा विशिष्टिकृत नर्सिङ सेवाको विकास र व्यवस्था गरिने छ” रणनीतिमा उल्लेख गरिएको छ ।
यस्तै नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शैक्षिक संस्थाको भौतिक पूर्वाधार र जनशक्तिको न्यूनतम मापदण्डलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।
नर्सिङ जनशक्तिको प्रक्षेपण
अहिले रहेका नर्सिङ जनशक्ति अपर्याप्त रहेकाले मुलुकको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने लक्ष्य रणनीतिले लिएको छ । रणनीतिमा देशको आवश्यकता र प्रक्षेपणको आधारमा नर्सिङ तथा मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ ।
सङ्गठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आपूर्ति र परिचालन गर्ने रणनीतिमा उल्लेख छ । सङ्घीय संरचनाअनुरुप नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको गणना र प्रक्षेपण, अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी
सोहीअनुरुप सबै सरकारी तथा निजी शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीतिमा उल्लेख छ । अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार