कुमारी जबद्वारा सञ्चालित“प्रोफेसनलएचआर ट्रेनिङ” सम्पन्न
नेपालबहस संवाददाता
असार १६, २०७९ शुक्रबार ४:१६:३२
१६ असार, काठमाडौं । कुमारी जबद्वारा सञ्चालित“प्रोफेसनलएचआर ट्रेनिङ” सफलतापुर्वक सम्पन्न भएको छ ।नेपालकाविभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो। विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्वदेखि मानव संसाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिन सम्म सञ्चालन भएको थियो ।
शेर्पा हस्पिटालिटी ग्रुपकाएचआर भाईस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेल लगायतअन्य प्रतिष्ठित संस्थानकाअनुभविव्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदानगरिएको थियो ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीज्युले भन्नुभयो “नेपालको मानव संसाधन क्षेत्रमै हामीले नयाँप्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छाैं र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुशी लागेको छ ।
मलाई आशा छ कि यस तालिममा सहभागि सम्पूर्ण प्रशिक्षार्थीहरुले अझै धेरै कामलाग्ने कुरा सिक्नुभएको छ, जुन उनीहरुले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सकिने छ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्रविकास नगरि सङ्गठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।”
एक संस्थानको हैसियतमा आफ्नो कर्मचारीहरुलाई कसरी राम्रो सेवा सुविधादिन सकिन्छ र कर्मचारीहरुबाट पनि कसरी संस्थाले फाईदा लिन सक्छ भन्ने उद्धेश्यले प्रशिक्षणमा सहभागि भएको एक सहभागिले बताए ।
प्रशिक्षणमा सहभागि भएर आफुले अहिले प्रचलित श्रम ऐन तथा नियमावलीको बारेमा पनि जानकारी पाएको उनले बताए । साथै पायक पर्ने ठाउँँ र मिलनसार कर्मचारीहरुको सेवाले पनि प्रशिक्षण झनै रमाइलो भएको अर्का एक सहभागिले बताए । प्रतिष्ठित संस्थाहरुबाट आएका अनुभवि र दक्ष प्रशिक्षकहरुको प्रशिक्षण र उनीहरुको अनुभवबाट पनि अझै धेरै कुरा जान्ने र बुझ्ने मौका मिलेको सहभागिहरुले बताए । प्रशिक्षण अन्तरक्रियामुलक, जानकारीमुलक र रमाइलो भएको उनीहरुको प्रतिकृया थियो ।
तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ। ह्युमन रिसोर्सको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्ने र त्यसमै करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुनेछ । एच् आर ट्रेनिङको साथ–साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमापनि प्रशिक्षण सन्चालनगर्दै आइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार