१ भाद्र २०७९, बुधबार

दाङमा दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

प्रकाशित मिति :  १७ असार २०७९, शुक्रबार ०८:०६


प्रतीकात्मक तस्बिर ।

१७ असार, देउखुरी । दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् ।

घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए ।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा