टीकापुर बसपार्क सञ्चालनमा
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार २२:३८:३६
१ साउन , भजनी । कैलालीको टीकापुर बसपार्क हस्तान्तरण भएको करिब दुई वर्षपछि सञ्चालनमा आएको छ । सुदूरपश्चिमकै नमूना बसपार्क विसं २०७७ भदौ ३ गते टीकापुर नगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरे पनि विविध कारणले सञ्चालनमा आउन नसकेको बसपार्कको आजदेखि सञ्चालनमा आएको हो ।
नगरपालिकाले अमिक्षा कन्स्ट्रक्सनसँग तीन वर्षको ठेक्का सम्झौता गर्दै बसपार्क सञ्चालनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले बताए ।
“बसपार्क सञ्चालन हुन नसक्दा सडकमै सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यताका कारण दुर्घटनाको जोखिम थियो, आजबाट त्यो जोखिम कम भएको छ”, नगर प्रमुख थारुले भने, “जताततै पार्किङ हुने सवारीसाधनको व्यवस्थापन हुनेछ, जसले बजारको सुन्दरतालाई समेत मद्दत गर्ने छ ।”
उहाँले टीकापुरको विकासका लागि बसपार्क पनि एक आयाम भएको जनाउँदै त्यसको व्यवस्थापन र संरक्षणमा विशेष ध्यान दिन सञ्चालक समितिलाई निर्देशनसमेत दिए ।
तीन वर्षको लागि ठेक्का पाएको अमिक्षा कन्स्ट्रक्सनले नगरपालिकालाई रु ५५ लाख तिर्नुपर्ने छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण भएको बसपार्क निर्माणको काम दुई चरणमा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी
बैशाख १०, २०८१ सोमबार
भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार