१ भाद्र २०७९, बुधबार
कोरोना संक्रमित

मुख्यमन्त्री राईसहित परिवारमा कोरोना संक्रमण

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १२:१३


१७ साउन, विराटनगर ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनकाे परिवारलाई कोरोना संक्रमित भएका छ । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना संक्रमित भएका हुन् ।

मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमवार पीसीआर परीक्षण गरिएको थियो भने सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा मुख्यमन्त्रीका पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ । संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा