विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

नेपालबहस संवाददाता
साउन १७, २०७९ मंगलबार १८:४५:४१

१७ साउन, काठमाडौं । नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो । पुरस्कृत खेलाडीहरुलाई क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद रकम पनि प्रदान गरिएको थियो ।
प्रतियोगितामा भाग लिएका राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ । आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरका छदेखि नौजनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिए ।
सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले यस्ता प्रतियोगिताहरुले राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा विस्तार गर्न सहयोग पुग्ने बताउँदै पर्यटन प्रवर्धनमा खेल पर्यटनको महत्वपूर्ण योगदान रहने उल्लेख गरे । कार्यक्रममा विश्व कप क्यारेम एसोसिएशनका महासचिव विवेक देशनारायण, बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसिएशन पश्चिम बंगालका सचिव संजीव धोस लगायतले विश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । अल नेपाल क्यारेम एसोसिएशनकी अध्यक्ष विनिता अर्यालले विश्व कपमा सहभागी हुने नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सम्पन्न
भदौ १३, २०८० बुधबार
राष्ट्रिय खेलकुद परिषद् कर्मचारीको आन्दोलन जारी
भदौ ३, २०८० आइतबार
दक्षिण एसियाली तेक्वाण्डो च्याम्पिएनसिपमा मनिषाले जितिन् स्वर्ण पदक
साउन ३१, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार