१ भाद्र २०७९, बुधबार

इराकी प्रधानमन्त्रीद्धारा वार्ताका लागि आह्वान

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १३:१९


१७ साउन, एजेन्सी । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गरेका छन् । हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उनले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक संकटको समाधान गर्न सकिने बताएका हुन् ।

उनको कार्यालयले सोमबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा आन्दोलनमा रहेका सबै पक्षलाई राष्ट्रिय वार्तामा आउन आग्रह गरिएको छ र वार्ताकै माध्यमबाट सबै समस्याको हल गर्न सकिन्न भनिएको छ ।

मोहमद सिया अल सुडानीलाई प्रधानमन्त्री नियुक्त गरिएको विरोधमा त्यहाँको एक मुस्मिल समुदायले आल्दोलन गरिरहेको छ । सो समुदायले कहिले संसद भवनभित्रै छिरेर प्रदर्शन गर्ने त कहिले सडकमा हिंसात्मक प्रदर्शनहरु गर्ने गरेको छ ।सो समूहले शनिबारदेखि संसदमा नै अनसन सुरु गरेको छ । जुलाई २५ मा उनलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यसको विरोधमा यो आन्दोलन सुरु गरिएको हो ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा