१७ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज् व्यूटीपार्लर एण्ड मेकअप स्टुडियो (Rushka’s Beauty Parlour and Makeup Studio) मा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र व्यूटीपार्लरका तर्फबाट उक्त कम्पनीका संचालिका श्रीमती रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले Rushka’s Makeup Studio काे Beauty Course मा 15% , Beauty Parlour Service मा 20% , Beauty Related Product मा 10% छुट पाउनेछन् ।
बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटीएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको दावी प्रमुख बजार व्यवस्थापक अर्पणा बज्राचार्यको छ ।