१ भाद्र २०७९, बुधबार
सुरक्षा/अपराध

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १३:४२


१७ साउन , काठमाडौं  ।  मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागुऔषध वनरेक्स ४८ बोतल सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित मधुवन नगरपालिका–५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङको जहदा गाउँपालिका–२ हरीनगराबाट करिब ३६ किलोग्राम अवैध लागुऔषध गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुकेश गुरूङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई नेपालबाट भारततर्फ उक्त लागुऔषध लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 


351
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा