१ भाद्र २०७९, बुधबार

वर्षाका कारण अवरुद्ध अरनिको राजमार्ग संचालनमा

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १४:५७


१७ साउन, सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग संचालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः संचालनमा आएको प्रहरीले जनाएको छ । सडक विभागसँग समन्वय गरी यातायात संचालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा