१ भाद्र २०७९, बुधबार
प्रदर्शनी/महाेत्सव

नागपोखरीमा मेला, दूधले अभिषेक गरी पूजा

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १५:११


;fpg @) /f;; gfu k~rdLsf c;fpg, @) ;fpg -/f;;_ gfusf] k”hfdf eQmhgx? gfu k~rdLsf] cj;/df sf7df8f}Fsf] gfukf]v/Ldf ;f]daf/ eQmhgx? . lxGb’ wd{ ;+:sf/ cg’;f/ >fj0f z’Sn k~rdLsf lbg gfusf] d”lt{, gfusf] af;:yfg, kf]v/L, kfgL ePsf] s’jf, Ogf/df skf;sf] dfnf jgfO{ ufO{sf] b”w, bxL, cIftf, km”n, b’af], >Lv08 rGbg, l;FGb’/n] k”hf ul/G5 . M tl:a/ M /f]zg ;fksf]6f j;/df sf7df8f}Fsf] gfukf]v/Ldf ;f]daf/ eQmhgx? . lxGb’ wd{ ;+:sf/ cg’;f/ >fj0f z’Sn k~rdLsf lbg gfusf] af;:yfg,kf]v/L,kfgL ePsf] s’jf,Ogf/ df ufO{sf] b”w ,>Lv08 rGbg,l;Gb’/n] k”hf ul/G5 . M tl:a/ M /f]zg ;fksf]6f

१७ साउन, भक्तपुर । भक्तपुरको नागपोखरीमा नागको पूजा गरी दूधले अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपंचमीका दिन यहाँ मेला लाग्दै आएकामा दुई वर्ष कोरोना संक्रमणका कारण रोकिएको थियो । यस वर्ष आज भक्तपुरको नागपोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्यरुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् ।

त्यसैगरी भक्तपुरको वासुकी नागमा पनि मेला लागेको छ । स्थानीयवासीले दूध, दही, अक्षता, फूल, दुबोले पूजा गरी मेला भरेका हुन्छन् । कोरोना संक्रमणका कारण दुई वर्ष रोकिएको नाग पञ्चमीको मेला भने यस वर्ष भव्य रुपमा मनाइएको हो ।

त्यसैगरी भक्तपुरको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि स्थानीय र भक्तजनको मेला लागेको छ । चाँगुनारायण मन्दिर आसपासका बासिन्दाले चाँगुनारायण मन्दिर पुगेर पूजा एवं दर्शन गरेपछि मात्रै आफ्नो घरमा नाग टाँस्ने चलन रहेको छ । बिहानैदेखि भीड लागेको यस मन्दिरमा आजै मध्यपुरथिमिबाट गएको गुँला बाजाले मन्दिर प्रदक्षिणासमेत गरेको छ ।

आज प्रत्येक घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नाग पूजा गरिएको छ । यसरी घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवले दुःख नदिने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहँदै आएको छ ।


221
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा