१ भाद्र २०७९, बुधबार
लुम्बिनी प्रदेश

कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १५:२१


१७ साउन, चन्द्रौटा । कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन् । वाणगंगा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन् ।

आज बिहान नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो । अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन् ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा