प्रतिनिधिसभा : न्याय क्षेत्रलाई समावेशी बनाउन माग
नेपालबहस संवाददाता
साउन १७, २०७९ मंगलबार २१:१७:३५
१७ साउन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अनिलकुमार झाले न्याय क्षेत्रलाई समावेशी बनाउनुपर्ने माग गरेका छन् । विशेष समयमा बोल्दै सांसद झाले भने, “अहिले न्यायपालिकाका न्यायाधीश नियुक्तिको कुरा भइरहेको छ, विद्यमान ऐन÷कानुनले न्यायाधीशको नियुक्ति समावेशी आधारमा हुनुपर्छ भनेको छ, तर तीन वर्षदेखि जिल्ला न्यायाधीशमा ८० न्यायाधीश नियक्त हुँदा एकजना पनि मधेसी समुदायको नियक्त भएका छैनन् ।”
विशेष सयममा बोल्दै सांसद संजयकुमार गौतमले जंगलको नजिकै रहेका मानव बस्तीहरु वन्यजन्तुको आक्रमणको उच्च जोखिममा रहेको बताउँदै वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न वन्यजन्तुलाई वनमै र मानिसलाई घरमै राख्ने रणनीति बनाउनुपर्नेमा जोड दिए । उनले भने, “मध्यवर्ती क्षेत्रमा रहेका जनताको सुरक्षाका लागि तारबार, बीमा, पशुचौपाया, घरगोठ बीमा निःशुल्क व्यवस्था गर्न माग गर्दछु् । बाघको संख्या पनि कति बनाउने हो त्यो स्पष्ट हुनुपर्यो ।”
सांसद सुरेशकुमार राईले उद्यपुर जिल्लामा बलात्कारका घटना बढ्दै गएको भन्दै त्यसको अन्त्यका लागि पहल गर्न माग गरे । शिक्षा क्षेत्रको समग्र सुधारका निम्ति नयाँ शिक्षा ऐनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ थियो । सांसद सुरेन्द्रकुमार यादवले चिकित्सा क्षेत्रमा भएका विकृतिप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो तर नेपालमा किन घटेको छैन भन्दै सरकारलाई प्रश्न गरे । सांसद यज्ञराज सुनुवारले पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको बताउँदै त्रिवि सुधारका निम्ति आग्रह गरे । सांसद डा अमरेशकुमार सिंहले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार