१ भाद्र २०७९, बुधबार
सडक/यातायात

पक्की सडक र नाला निर्माण धमाधम

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १५:५७


१७ साउन, बाँके ।  नेपालगञ्जमा सडक र सतही नाला व्यवस्थापनको धमाधम भइरहेको छ । एकीकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजनाले पहिलो चरणमा बाँकी रहेका नेपालगञ्ज बजार क्षेत्रका सडक धमाधम कालोपत्र गरिरहेको छ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत नगर क्षेत्रका ३६ किलोमिटर सडक कालोपत्र र सतही नाला निर्माण भइरहेको इञ्जिनीयर शैलेन्द्र महर्जनले जानकारी दिए । कम्तीमा ६ मिटरदेखि १२ मिटरसम्म चौडाइको पक्की सडक निर्माण भइरहेको पनि उनले बताए ।

आयोजना अन्तर्गत झण्डै रु एक अर्ब ६४ करोडको लागतमा सडक, नाला निर्माणको जिम्मा कालिका, जेटिटिएसजे/जेभीलाई दिइएको छ । अहिले नेपालगञ्जको सदरलाइन बजार क्षेत्र चौडा बनाउन स्थानीयवासीले धमाधम आप्mनो घर, संरचना भत्काएका छन् ।


676
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा