१ भाद्र २०७९, बुधबार

भारतमा कोरोना संक्रमण घट्दै

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १६:१२


१७ साउन, एजेन्सी ।  बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना संक्रमितको सङ्ख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

देशमा हाल कोरोना संक्रमितको सङ्ख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ । हिजो सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १६ हजार ४६४ जना संक्रमितको भएका थिए । देशभर एक लाख ३९ हजार सात सय ९२ सक्रिय संक्रमितको छन् ।

यसैगरी १७ हजार आठ सय ९७ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ८३ हजार सात सय ८७ पुगेको छ ।

कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ३० जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ ।

सन् २०२१ को जनवरी १६ देखि देशभर कोरोना विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ६० लाख ८१ हजार ८१ मात्रा खोप लगाइएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा