१ भाद्र २०७९, बुधबार

सरकारले एक वर्षमा २ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त ग¥यो

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १६:०८


१७ साउन, काठमाडौं । सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको अर्थले जनाएको छ ।

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता रहेको छ ।

अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पछिल्लो तीन महिना ‘२०७९ वैशाखदेखि असारसम्म’मा मात्र प्राप्त भएको थियो ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा