१ भाद्र २०७९, बुधबार

कोरियामा एकैदिन एकलाख भन्दा बढी संक्रमण पुष्टि

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १६:२१


१७ साउन, एजेन्सी  ।  दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कूल संक्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ । अघिल्लो दिन ४४ हजार छ सय ८९ जना एक दिनका संक्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो ।

नयाँ केसहरूमध्ये, पाँच सय ६८ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ । यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ ।


182
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा