१ भाद्र २०७९, बुधबार

नारायणी नदीमा बाढी खतराको तहनजिक, ब्यारेजका सबै ढोका खोलियाे

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १६:२९


१७ साउन, काठमाडौं । लगातारको अबिरल वर्षाका कारण नारायणी नदीमा बाढी खतराको तहनजिक पुगेको छ । पानीको तह खतराको सतहनजिक पुगेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका सोमबार रातिबाटै खोलिएको छ ।

जिल्ला प्रशासन कार्यालयले नदीमा पानीको सतह बढ्दो देखिएका कारण आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरेको छ ।

नारायणी कटानको जोखिममा रहेका गैंडाकोटदेखि त्रिवेणी धामसम्मको क्षेत्र सतर्कता अपनाउन स्थानीय तहलाई सूचना जारी गरिएको हो । मंगलबार बिहानबाट त्रिवेणीस्थित गण्डक ब्यारेमा पानीको सतह एक्कासि बढेका कारण त्यहाँका सबै ढोका खोलिएको छ ।

त्रिवेणी प्रहरी चौकीका अनुसार गण्डकका सबै ३६ ढोका सोमबार बिहान खोलिएको छ । त्रिवेणीस्थित गण्डकमा ९नारायणी नदी०मा बांध बनाएर भारतले उत्तर प्रदेश र बिहारमा सिंचाइका लागि पानी लगेको छ । नहरको ढोका खोलिएपछि त्यहाँका दुवै नहरमा पानी जाँदैन ।


338
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा