गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज
नेपालबहस संवाददाता
साउन १७, २०७९ मंगलबार २२:४६:६
१७ साउन, रुपन्देही । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट संचालन गर्न दिने निर्णय खारेज गरेको कोषका सदस्य सचिव सनुराजा शाक्यले जानकारी दिए ।
संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट संचालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो । सोही प्रस्ताव यसअघि स्वीकृत गरिएको थियो । तर, लुम्बिनी विकास गुरूयोजनाविपरीत रहेकाले सो निर्णय परिषद् बैठकले खारेज गरिदिएको सदस्य सचिव शाक्यले बताए । परिषद् बैठकले गौतमबुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचिकृतका लागि अन्तर्राष्ट्रिय विज्ञ समावेश गरेर नोमिनेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृतका लागि प्रक्रिया अघि बढाउन गठित समितिको प्रस्तावमा अष्ट्रेलियाका डङकन मार्सललाई विज्ञको रुपमा समावेश गर्ने निर्णय भएको सदस्य सचिव शाक्यले बताए । परिषद् बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन नोभेम्बरमा गर्ने निर्णय गरेको छ ।
यसैगरी लुम्बिनी र पाल्पाको तानसेनलाई बुद्ध सर्किटमा जोडेर लैजाने निर्णय पनि भएको छ । सदस्य सचिव शाक्यका अनुसार बैठकले दुई महिनाभित्रै लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस संचालन गर्ने निर्णय गरेको छ । बैठकमा परिषद्का अध्यक्ष श्रेष्ठले लुम्बिनी र तिलौराकोटका पर्यटकीय सम्पदा र पुरातात्विक क्षेत्रको विकासका लागि पुरातत्व विकाससँग समन्वय गरी मन्त्रालयस्तरबाटै काम अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार