१ भाद्र २०७९, बुधबार

मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १७:१५


१७ साउन , एजेन्सी । सरकारले मङ्कीपक्सविरुद्ध खोप लगाउने भएको छ । उच्च जोखिममा रहेका समूहलाई खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुईसातापछि थाइल्याण्ड आइपुग्ने अपेक्षा गरिएको छ । खोपको पहिलो खेप पाँचसय जनाका लागि उपलब्ध हुने तर कुन समूहलाई प्राथमिकतामा राख्ने भन्ने निर्णय भइसकेको छैन ।

देशमा हालसम्म मङ्कीपक्स दुईजा बिरामी फेला परेका छन् । फुकेट टापुमा परीक्षण गर्दा पहिलोपटक एकजना नाइजेरियाली नागरिक र यहाँ एक थाई नागरिकलाई दोस्रो बिरामीका रूपमा पहिचान गरिएको हो । स्वास्थ्य अधिकारीहरूले रोग पुष्टि भएकाहरूको ‘कन्ट्याक्ट टेसिङ’ गरिएको र सङ्क्रमण नफैलिएको जनाउँदै उनीहरूले अहिलेसम्म दक्षिणपूर्वी एसियाली देशमा आधिकारिक रूपमा मंकीपक्स संक्रमण नभेटिएको बताएका छन् ।

भारतमा छैटौँ व्यक्तिमा मंकीपक्स
यसैबीच, भारतमा मंकीपक्सका छैटौँ बिरामी राष्ट्रिय राजधानीमा फेला परेका छन् । दिल्लीको स्वास्थ्य विभागका अधिकारीका अनुसार विदेश यात्रा नगरेका नाइजेरियाली नागरिक उक्त रोगबाट सङ्क्रमिता भएका बताइएको छ । करिब एक वर्षदेखि दिल्लीमा बस्दै आएका बिरामीलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । यसअघि चारजना बिरामी दक्षिणी राज्य केरला र एकजना नयाँदिल्लीमा फेला परेका थिए । भारतमा उक्त रोग लागेर एकजनाको मृत्यु भइसकेको छ ।

न्यूजिल्याण्डमा तेस्रो बिरामी
न्यूजिल्याण्डमा पनि मंकीपक्सका एकजना बिरामी थपिएका छन् । यो सँगै त्यहाँ मंकीपक्सका बिरामीको संख्या तीन पुगेको छ । जनस्वास्थ्य अधिकारीहरूले पछिल्लो बिरामीबाट रोग सर्ने जोखिम कम रहेको बताएका छन् । गत महिना विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले आधिकारिकरूपमा मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा