१७ साउन, काठमाडौं । लोकदोहोरी गायिका सुनिता नेपालीले “चट्टै माया लै लै” बोलको तीज कोशेली लिएर आएकी छिन् । शिव हमालको शब्द तथा संगीत रहेको गीतमा सुनिताको एकल आवाज रहेको छ ।
सुनिल परियारले म्युजिक एरेन्ज गरेको गीतमा एच बी एन किस्मतले मिक्सिङ गरेका छन् । वन डीबी स्टुडियोमा रेकर्ड भएको गीतमा स्मृति तिमल्सिना गुरुआमाको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
प्रकाश धमलाले सम्पादन गरेको गीतमा सिनेमाटोग्राफर शिवराजा भुर्तेल रहेका छन् । यो गीत शिव हमाल अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।
हेर्नुहोस् पुरा गीतः