अभियान लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाइने

नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १५:१२:१२

१८ साउन, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन ‘आईपीओ’सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ ।
निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तीन हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाइ इक्रा नेपालले ‘इक्राएनपी आइआरबीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज शेयरबजार, बैंक–वित्तीय संस्था बन्द हुने
असोज ३, २०८० बुधबार
नेप्से आज दोहोरो अङ्कले बढ्याे
असोज २, २०८० मंगलबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार