मराङखोलामा बाढीले पुल बगाएपछि आवतजावत बन्द
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १५:१७:४२
१८ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ । शिवरात्रि र भारवाङ बस्तीको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल ‘साँघु’ सोमबारको बाढीले बगाएको थियो ।
विसं २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल ‘साँघु’ बनाइएको थियो । भारवाङको जन्मभूमि युवा क्लबका अध्यक्ष प्रवीन जुग्जालीले अस्थायी पुल पनि बगाएपछि आवतजावत बन्द भएको जानकारी दिए । “भारवाङगाउँ सडक र पैदलमार्गबाट सम्पर्कविच्छेद हुँदा समस्या भएको छ”, उनले भने, “खोला तर्न नसकिने भएकाले वडा र पालिकाको केन्द्र, विद्यार्थीलाई विद्यालय जान आउने बाटो बन्द भएको हो ।”
धवलागिरि गाउँपालिकाको कल्लेनी, छहरी, बाँसबोट, खाम्ला, खारा, खिवाङ, मुदी, बगर, चेचुङ, नाउराका बासिन्दा दरवाङ हुँदै जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न यही बाटो प्रयोग गर्छन् । म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङबाट भारवाङ हँुदै धवलागिरिको वडा नं ६ र ४ का नौवटा बस्तीमा यही बाटो भएर खाद्यान्न ढुवानी हुने गर्दथ्यो ।
भारवाङका १५, कल्लेनी, छहरी र बाँसबोटका ४० घरधुरी पुल नहुँदा प्रत्यक्ष समस्यामा परेका छन् । सबैभन्दा ठूलो समस्या विद्यालय जाने बालबालिकालाई पर्ने देखिएको छ । बर्खे बिदा सकिएपछि उर्लँदो भेल पार गरेर बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने चिन्ता भारवाङवासीलाई परेको छ ।
मराङखोला म्याग्दी नदीको सहायक नदी हो । बाढी आएकाले यहाँ जङ्घार तरेर वारपार गर्न सकिने अवस्था छैन । भारवाङका करिब २० बालबालिका नौमानेको शिव आधारभूत र बिमको किसानी माविमा पढ्छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मराङखोलामा बाढीको सतह नघट्दासम्म आवतजावतको व्यवस्था मिलाउन सकिने उपाय नभएको बताए ।
“खोला ठूलो भएकाले तत्काल केही गर्न सकिने अवस्था छैन”, उनले भने, “भारवाङका बालबालिकालाई बिम र नौमानेमा राखेर विद्यालय पढ्ने व्यवस्था मिलाउने सोचेका छौँ ।” खोला वारपार गर्न नसकिने हुँदा धारापानी र मराङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमार्च महिनाले बनायो विश्वव्यापी गर्मीको नयाँ कीर्तिमान
चैत २९, २०८० बिहिबार
नेपालमा वायुको गुणस्तरमा पछिल्लो केही वर्षयता तुलनात्मक सुधार हुँदै
चैत २२, २०८० बिहिबार
हिउँ रहे पो हिमालचुली !
चैत १९, २०८० सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार