१ भाद्र २०७९, बुधबार
सुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

प्रकाशित मिति :  १८ श्रावण २०७९, बुधबार ११:०६


१८ साउन, महेन्द्रनगर ।  चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ ।

बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् ।

गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिनुभयो ।

ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।


182
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा