१ भाद्र २०७९, बुधबार

प्रजातन्त्र सेनानी बादेको निधन

प्रकाशित मिति :  १८ श्रावण २०७९, बुधबार ११:१३


१८ साउन, काभ्रे । प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो ।

नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन । भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन् । बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो ।


221
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा