१ भाद्र २०७९, बुधबार
मधेश प्रदेश

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

प्रकाशित मिति :  १८ श्रावण २०७९, बुधबार ११:२३


१८ साउन, सिरहा । सिरहा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। गोलबजार नगरपालिका(१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो ।

घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखाजगर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा