कोरोना भाइरस संक्रमणको चौथो लहर सुरु
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार २२:५३:२८
♦ शरद् शर्मा
१९ साउन, काठमाडौं । नेपालमा चार जनामा घटेको संक्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक संक्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा संक्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि संक्रमण बढ्न थालेको बताइएको छ ।
नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संंक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ । पहिले यहाँ संक्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ संक्रमण, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ संक्रमण र एक जनाको निधन भएको छ ।
यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी संक्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ ।
दैनिक संक्रमण बढिरहेकाले नेपालमा कतै संक्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको संक्रमणको ग्राफले अर्को लहरको संकेत गरेको बताए ।
सरकारले आधिकारिकरूपमा संक्रमणको चौथो लहर भन्ने नगरेको र संक्रमणको ग्राफले नै लहर बताउने गरेको उनको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि संक्रमणको लहर भनेको थिएनौँ । अहिले पनि हामी भन्दैनौँ”, उनले भने, “तर अहिले संक्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।”
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको संकेत गरेको बताउछन् ।
“सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले संक्रमणको चौथो लहरको संकेत गरेको छ”, उनले भने, “यदि यसैगरी संक्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।”
उनले संक्रमण साउन र भदौमा धेरै माथि ‘पिक’मा पुग्ने र त्यसपछि घट्ने बताछन् । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा संक्रमण देखिने गरेको छ । ती मानिसहरूले नै संक्रमण सारिरहेका छन् ।
जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस संक्रमणको चौथो लहर सुरु भएको बताउछन् । “संक्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उनले भने, “नेपालमा अहिले बढेको संक्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।”
उनले अहिलेको संक्रमणको तह माथिल्लो तह (पिक लेभल) मा पुगेपछि पुनः घट्ने बताउछन् । उनले भारतको खुला सिमाना र विदेशबाट आएका संक्रमितले संक्रमण सार्ने गरेको बताउछन् । उनका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि संक्रमितलाई भने गम्भीर बनाउँदैन । उनले संक्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गरे ।
नेपालमा पहिलोपटक २०७६ माघ ९ गते संक्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो ।
नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई संक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ ।
यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।
सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा संचालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।
मृतक अधिकांश खोप नलगाएका
कोरोना भाइरसको संक्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको संक्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट संक्रमणबाट मानिस मर्न थालेका हुन् ।
पछिल्ला समय कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले संक्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार