जनता आवास कार्यक्रमबाट घर निर्माण
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २०:४६:१३
२२ साउन, तनहुँ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण गरिएको छ । आर्थिक दुरावस्थाका कारण घर बनाउनसक्ने हैसियत नभएका व्यक्तिको घर निर्माण गरिएको हो । जिल्लाका १० वटै पालिकामा उक्त कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इंजिनीयर धनमाया मिश्रले जानकारी दिए ।
आर्थिक वर्ष २०७५÷७६ मा संघ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि उक्त कार्यालयले घर निर्माण थालेको उनले बताए । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको थियो ।
दुई सरकारी भवन निर्माण
पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुईवटै भवन निर्माण गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन रु दुई करोड ३० लाख ५१ हजारको लागतमा निर्माण भएको हो । विसं २०७७ असोज १ गते सम्झौता गरिएकामा उक्त भवन विसं २०७८ फागुन ३० गते निर्माण गरिएको हो । त्यसैगरी भिमाद सामुदायिक भवन रु एक करोड ३३ लाख ६३ हजारको लागतमा निर्माण गरिएको छ । भवनको ढाँचामा थप गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्धि हुन गएको इन्जिनीयर मिश्रले बताए ।
दुई झोलुंगे पुल निर्माण
जिल्लामा निर्माणाधीन तीन वटा झोलुंगे पुलमध्ये दुई पुल निर्माण गरिएकोे छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा रु ७७ लाख ७१ हजारको लागतमा एउटा झोलुंगे पुल निर्माण गरिएको हो । जिल्लाको भानु नगरपालिका–३ खहरेदेखि नारायणचौर गोरखा जोड्ने सो पुल रु एक करोड २६ लाख ५० हजारको लागतमा सम्पन्न गरिएको र यसबाट सयौँ मानिस लाभान्वित भएको बताइएको छ ।
व्यास नगरपालिका–५ र १० जोड्ने मादीनदीमाथि निर्माण गरिएको झोलुंगे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माणका लागि विसं २०७६ पुस ६ गते सम्झौता भए पनि विद्युत्को हाइटेन्सन सार्ने विषयमा विवाद हुँदा पुल निर्माणमा ढिलाइ हुन गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए । अहिले विद्युतका खम्बा सार्नका लागि जग्गा दिने सहमति भएपछि निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परिक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार