धनुषामा १२ हजार मतदाता थपिए
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार २०:०:२२
२७ साउन, जनकपुरधाम । गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् ।जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् ।
थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतादाता नामावली बन्द गरिएको थियो । त्यसपछि गत १ असारदेखि पुन नयाँ मतादाता नामावली संकलन गरिएको थियो । अहिले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएपछि पुनः मतादाताको नामावली संकलन कार्य बन्द भएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ , जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।
जिल्लामा १२ हजार १७ मतादाता सख्या थपिए पनि कुल मतादाताको संख्या आयोगले रुजु गरेपछि मात्रै एकिन हुने अधिकारी राउतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार