क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने
नेपालबहस संवाददाता
साउन २८, २०७९ शनिबार १५:७:६
२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ ‘क्यान’ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।
आर्इसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले पदबाट राजिनामा दिएका थिए । भदौ पहिलो साता हुने केन्या भ्रमणसँगै प्रभावकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् । नेपालले केन्याविरुद्ध पाँच ट्वान्टी २० र तीन एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ ।
जसका लागि खेलाडी छनोट समेत भइसकेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् भने कुशल भुर्तेल टिम बाहिर छन् । यस्तै, बिनोद भण्डारीसमेत बाहिर छन् ।
प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार