पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार २१:२१:१०
३० साउन, जलेश्वर । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ८ बस्ने शंकर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए ।
आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठ्युँ जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उनीहरुको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।
साथै सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ । यता घटनामा सम्लग्न शंकरलाई चार दिनअघि प्रहरीले नेपाल भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएकोे जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार