नरैनापुरमा योजना कार्यान्वयन प्रक्रिया सुरु
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १७:३५:४५
३१ साउन, राँझा । बाँकेको नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ ।आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी भदौदेखि योजना कार्यान्वयन प्रक्रिया सुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । उनका अनुसार भदौदेखि कार्यान्वयन प्रक्रिया सुरु गरी मंसिरबाट काम संचालन गर्ने तयारी छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ ।
आर्थिक वर्षको सुरुमै सक्रिय भए अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने छ । त्यसैले समयमै काम थालेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । नरैनापुरको वडा नं. १ मा तीन करोडमा विद्यालय भवन, वडा नं. २ र ३ मा सडक नाली निर्माण, वडा नं। ४ मा गाउँपालिकास्तरीय अस्पताल, रङ्गशाला, वडा नं. ५ र ६ मा शिक्षा र सडक पूर्वाधार विकासका योजना कार्यान्वयन हुँदैछन् ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न नभएकाले अहिले साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपर्ने वाध्यता गाउँपालिकाले यस आवमा विकास योजना वैशाखभित्रै सक्ने गरी काम थालेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । नरैनापुरमा यो वर्ष वर्षात् नभएकोले कृषिमा ठूलो समस्या देखिएको छ । सिँचाइको व्यवस्था नभएकाले आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान भदौ महीना लाग्दा सम्म धान रोप्न पाएका छैनन् ।
बढदो गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरे पछि कृषियोग्य जमिन बाँझो रहेको र पानीको स्रोत सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार हुँदा नरैनापुर गाउँपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको अध्यक्ष शाहको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार