क्यान्सरबाट पीडित गायिका स्मिता घिमिरेको निधन
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार २२:६:३७
३१ साउन, काठमाडौं । करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिका स्मिता घिमिरेको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ गायिका घिमिरेको निधन भएको हो । पछिल्लो पटक उनी बोनम्यारोको क्यान्सरबाट पीडित थिईन् ।
सोमबार साँझ नै पशुपति आर्यघाटमा घिमिरेको अन्तिम संस्कार गरिएको छ । गायिका घिमिरेले थुप्रै नेपाली गीतहरु गाउनुका साथै केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत सार्वजनिक गरेकी थिईन् ।
सांगीतिक पृष्ठभूमि भएको विराटनगरको कोइराला परिवारकी नातीनि स्मिता घिमिरेले ४–५ वर्षको उमेरदेखि नै संगीतप्रति रुची देखाएकी थिइन् ।एसएलसी दिनुअघि नै विराटनगरमा सम्पन्न एउटा बाल गायन प्रतियोगितामा तेस्रो स्थान जितेपछि उनको औपचारिक सांगीतिक यात्रा प्रारम्भ भएको थियो ।
काठमाडौं आएर संगीतकार दीपक जंगमसंग संगीतको औपचारिक प्रशिक्षण लिएपछि गीत–संगीतमा सक्रिय भएकी यी गायिकाले स्टुडियोमै गएर पहिलो गीत रेकर्ड गराएको करिव एक दशक भयो ।
भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी छोरी सबिता अर्यालकी छोरी हुन् गायिका स्मिता घिमिरे । करिव दुई दशकअघि क्यान्सरबाट निधन भएकी आफ्नी आमाको नाममा खोलिएको सबिता स्मृति ट्रस्टका लागि उनले आफ्नो पहिलो एल्बम ‘स्मि’ को बिक्रीबाट आएको ५० हजार रुपैयाँ प्रदान गरेकी थिइन् । उक्त ट्रस्टले अहिले पनि स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेको छ ।
मनोविज्ञान र नेपालीमा स्नातक गरेकी गायिका घिमिरेले यो अवधिमा सुगम संगीतमा आधारित थुप्रै गीत तथा गीति संग्रह सार्वजनिक गरेकी थिईन् ।
सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो । उनका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ ुके भो आज भोलि ु लगायत गीत रुचाइएका छन् भने ‘स्मि’ नाममा एल्बम समेत सार्वजनिक गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार